रुकुम पुर्वमा सिस्नो टिप्न गएका २ बालिका मृत फेला

राजनीति समाचार

चैत्र २३ बिहीबार,२०७९/रुकुम पुर्व-
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ स्थित रन्मामा
सिस्नो टिप्न जङ्गल गएका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।

बिहीवार बिहान एकै घरका दुई बहिनी,११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर घर नजिकैको भिरमा मृत भेटिका हुन।

स्थानिय तारामान बुढाका छोरीहरु बुधबार साझ सम्म घर न फर्किए पछि परिवार तथा आफन्तले खोज तलास सुरु गरेका थिए। निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल शर्माका अनुसार आज दिनभरी नेटवर्कको समस्याले गर्दा अनुसन्धानमा ढिलाई भएको हो।
“प्रहरी प्रशासन, जनप्रतिनिधि र मृतकका परिवारजन मिलेर अपराधीहरुको खोजीकार्यमा लागेका छौँ। अनुसन्धानमा कुनै कमी आएको छैन,” शर्माले बताए।

अनुसन्धानका लागि थप शक्ति हेलिकप्टरबाट आजै घटना स्थल पुगेको थियो। यद्यपि शव भने दिउँसो मात्र उठाईएको हो।
मृतकले लगाएका गरगहनाहरु लुटपाट गरिएको देखिए पनि अन्य कारण हुन सक्ने अनुमान पनि गरिएको छ।