
चैत्र २४ शुक्रबार,२०७९/काठमाडौं-
सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बु ‘लाजेहाङ’लाई सहिद घोषणा गरेको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लाजेहाङ्लाई सहिद गर्नुका साथै परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषदका बाँकी निर्णय आज दिउँसो हुने पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ।