दुर्घटनाग्रस्त हेली एभरेस्टका पाइलटलाई काठमाडौं ल्याइयो,अवस्था चिन्ताजनक न भएको!

अन्य पर्यटन समाचार

चैत्र २६ आइतबार,२०७९/काठमाडौं-
दुर्घटनाग्रस्त हेली एभरेस्ट हेलिकप्टरका पाइलटलाई उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।
आइतबार बिहान सम्पर्कबिहिन भएर भेटिएको हेलिकप्टरका पाइलट प्रिया अधिकारीलाई उद्धार गरि आजै काठमाडौं ल्याइएको हो।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले हेलिकप्टर पल्टिएको अवस्थामा फेला परे पनि चालकलाई गम्भीर चोट न लागेको र आफुले फोन सम्पर्क गरेको जानकारी दिए।