चैत्र २६ आइतबार, २०७९/सुर्खेत-
कर्णाली सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन्। आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजिनामा दिएपछि एमाले कर्णाली सरकारबाट बाहिरिएको छ।
यसरी केन्द्रमा पुस १०मा एमाले गठबन्धन सरकारबाट बाहिरिए पनि कर्णालीमा भने सत्ता साझेदार नै थियो।
मुख्यमन्त्रीको सवालमा सुरुमा कर्णाली नेकपा माओवादी केन्द्रको भागमा पुर्ण कार्यकाल परे पनि, पछि सत्ता साझेदार काङ्ग्रेससंग मिलिजुली नेतृत्व गर्ने कुरा बाहिरिएको थियो।
यो संगै अब काङ्ग्रेसलाई कर्णाली सरकारमा सामेल हुन बाटो खुलेको छ भने एमाले प्रमुख प्रतिपक्ष बनेको छ।
प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्