चैत्र २७ सोमवार,२०७९/काठमाडौं-
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको भन्दै व्यवसायी दुर्गा प्रसाईद्वारा सार्वजनिक अडिओबारे छानबिन गर्ने बताएका छन्।
सोमबार चितवनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सो कुरा भनेका हुन।
यसैबीच रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरि सकेको छ।
गृहमन्त्री श्रेष्ठले यो विषयमा सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताउदै उनीहरूको भुमिका पनि महत्वपूर्ण हुने बताए।
उता स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन न हुने भन्दै दाबी गर्दै दोषी भएर पनि कार्वाही गर्न न सके आफुलाई गढ़ीमाई मंदिरमा लगेर बलि दिए हुने बताएका छन।
उनले दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने घोषणा पनि गरेका छन।
प्रतिक्रिया दिनुहोस्