
चैत्र ३० बिहीवार,२०७९/काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा.ढाकाकुमार श्रेष्ठको ठाउँमा
विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा सिफारिस गर्ने निर्णय गरेको छ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै अडिओ प्रकरणमा मुछिएका श्रेष्ठको ठाउँमा कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको जानकारी गराएको हो।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य र सांसद पदबाट हटाएको हो।
रास्वपाले मकवानपुर घर भएकी कंसाकारलाई आदिवासी जनजाति क्लस्टरबाटनै सांसद बनाउन लागेको छ।
उनी एसिड आक्रमणकी पीडित पनि हुन्। २०७० मा एक भारतीय नागरिकले उनीमाथि एसिड आक्रमण गरेका थिए।