सानीभेरीमा गाईभैसी सुत्केरी भत्ताको व्यवस्था

अन्य अर्थ समाचार


बैशाख २ सनिवार,२०७९/सानीभेरी-
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाईभैसी ब्याउँदा कृषकलाई भत्ता दिने गरेको छ।
यहि आर्थिक बर्ष देखि गाउँपालिकाले ‘गाईभैसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान’अन्तर्गत कृषकलाई हरेक पल्ट ३ हजार रुपैयाँ दिदै आएको छ। यस कार्यक्रमसंगै जन्मिने बित्तिकै पाडा, पाडी र बाछाबाछी फाल्ने कुरामा कमी आएको छ।
कृषकहरुको सुची तयार पार्दै गरेका ३ नम्बर वडा अध्यक्ष जगदीश नकालले सो कार्यक्रमले गाउँले कृषकहरु उत्साहित भएको जानकारी गराए।
यसैगरी गाउँपालिकाले प्रत्येक खसी बाख्रा बेच्दा १ सय केजी पुगेमा, प्रति केजी रु ५ दिने गरेको छ।