काङ्ग्रेस नेता एनपी साउद बने नयाँ परराष्ट्र मन्त्री

राजनीति समाचार

बैसाख ३ आइतबार,२०७९/काठमाडौं-
नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउद नयाँ परराष्ट्रमन्त्री बनेका छन्। आइतबार दिउँसो नेता साउदले तेस्रो पटक परराष्ट्रमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन।

सभापति देउवाका निकट मानिने साउदको राजनितिक यात्रा सुदुरपश्चिमको कंचनपुरबाट सुरु भएको थियो भने उनको जन्म
डडेल्धुरामा भएको हो। उनले यसअघि सिँचाइमन्त्रीको जिम्मेवारी पाएका थिए। पार्टीगत हिसाबले उनी काङ्ग्रेसका केन्द्रिय सदस्य हुन।

कांग्रेसको भागमा अझै पनि कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन।

यस अघि कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका हुन।

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको मुखमा नेता साउदको नियुक्तिलाई महत्त्वका साथ बुझिएको छ।