बैशाख ३ आइतबार,२०७९/काठमाडौं-
अमृत साइन्स कलेज(अस्कल)को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका प्रेम जैशी अध्यक्ष पदमा निर्वाचित भएका छन्।
आइतबार भएको निर्वाचनना संयुक्त गठबन्धनका तर्फबाट जैशी निर्वाचित भएका हुन।
जैशीले ५४४ मत हासिल गर्दै स्ववियु अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए। सो क्रममा अनेरास्ववियुका कमलराज जोशी र उनको मतान्तर ९ मतको रह्यो।
यसैगरी सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएकी छन।
कुल १८०० मतदाता रहेको उक्त क्याम्पसमा १३७५ मत खसेको थियो।
यहि चैत्र ५ गतेका दिन स्ववियु निर्वाचन सम्पन्न भए पनि, कतिपय क्याम्पसहरुमा विभिन्न कारणवस हुन सकेका थिएनन।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा बिगत १४ बर्ष यता नियमित हुन सकेको थिएन।