
बैशाख ३ आइतबार,२०७९/काठमाडौं-
पाईलट तालिम अब नेपालमै हुने ब्यवस्था मिलाईएको छ।
आइतबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई स्वीकृति दिएको छ।
सो क्रममा मन्त्रालयले पाइलट जनक अधिकारीको
शुभम् एभिएसन प्रालि र मनबहादुर थापाको चन्द्रसूर्य एभिएसन प्रालिलाई स्वीकृति दिएको हो।
नेपालमा फ्लाइङ स्कुल नहुँदा बिध्यार्थीहरु तालिमका लागि फिलिपिन्स, अमेरिका लगायतका देशमा जाने गरेका छन्।
अब नेपाली बिध्यार्थी बिदेश जान न पर्ने र तालिमका नाममा रकम बाहिरीने अवस्था केही हद सम्म रोकिने पर्यटन मन्त्री सुदन किरातीले बताए।
“यसरी नेपाली बिध्यार्थी मात्र न भई अन्य देशबाट पनि सो तालिमका लागि बिदेशी बिध्यार्थी आउने छन। सरकारले गरेको यो एउटा महत्वपूर्ण निर्णय हो,” मन्त्री सुदनले भने।
लामो समयदेखि पाइलट तालिमका लागि स्वदेशमै ब्यवस्था हुनु पर्ने माग उठदै आए पनि हाल सम्म ठोस रुपमा सफल हुन सकेको थिएन।