
बैशाख ७ बिहीवार,२०८०/जाजरकोट-
नलगाड नगरपालिका-१२ जाजरकाेट तल्लु बगरमा निर्माणाधिन बेलिब्रिज भाँचिदा ९ जना घाइते भएका छन।
बिहीवार दिउसो १२:३० तिर निर्माण कार्य चली रहेको बेला सो दुर्घटना भएको हो। सो पुल जाजरकोट डोल्पा सडकखण्डमा रहेको र रुकुम जोडनका लागि बन्दै गरेको थियो।
घाइते कामदारहरुको दल्ली स्वास्थ्य चौकीमा उपचार भई रहेको र उद्धारका लागि हेलिकप्टर बोलाएको जानकारी जिल्ला प्रशासन प्रमुख राम कुमार महतोले दिए।
बिस्तृत खबर आउन बाकी छ।
