बैशाख ६ बुधबार,२०८०/काठमाडौं-
राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन।
बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे
राष्ट्रपति पौडेललाई भारतको दिल्लीस्थित एम्स (AIIMS) अस्पतालमा उपचारका लागि लगिएको हो।
उनलाई मंगलबार दायाँ कोखीतिर दुख्न थालेपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो।
राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो। यसअघि पनि उनी चेकअपका लागि एम्समा नियमित जाने गरेका थिए।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए।
नेपालको त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकहरूका बीचमा परामर्श हुँंदा उहाँलाई उपचारका लागि त्यहीँं जान उपयुक्त हुने राय आएपछि एम्स अस्पताल लगीएको उनका प्रेस सलाहकार किरण पोखरेलले जानकारी गराए।