तनहुँ-१ मा स्वर्णिम वाग्ले भारी मतान्तरसहित बिजयी

राजनीति समाचार

बैशाख १२ मंगलबार,२०८०/तनहुँ-
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा स्वर्णिम वाग्लेले भारी मतान्तरसहित विजय हासिल गरेका छन्।

राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याएका थिए।

त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९ र नेमकिपाका राम प्रसाद प्रजापतिले ३१ मत प्राप्त गरेका थिए।

त्यस्तै, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रबाट विजयी, काङ्ग्रेसका बरिस्ठ नेता राम चन्द्र पौडेल राष्ट्रपति बनेपछि सो रिक्त स्थानमा तनहुँ-१ मा उपनिर्वाचन भएको हो।