भरतपुर महानगरपालिका मेयर रेणु दाहाललाई उत्कृष्ट जनप्रतिनिधी अवार्ड

राजनीति समाचार

बैशाख १२ मंगलबार,२०८०-
चितवनको भरतपुर महानगरपालिकाकी मयेर रेणु दाहाललाई उत्कृष्ट जनप्रतिनिधी अवार्डबाट सम्मानित गरिएको छ। विश्व खबर मिडिया प्रालिको छैटौँ वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिका र मेयर दाहाललाई उत्कृष्ट जनप्रतिनिधी अवार्डबाट सम्मानित गरिएको हो।

सो अवार्ड कार्य सम्पादन मूल्याङकनको आधारमा प्रदान गरिएको हो।

गत वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी (पौडेल)लाई संयुक्त रुपमा प्रदान गरिएको थियो।