रुकुम पश्चिमका बलराम विश्वकर्मा बने हिमालय लोक स्टार विजेता !

अन्य मनोरञ्जन समाचार

बैशाख १४ बिहीवार,२०८०/काठमाडौं-
रुकुम पश्चिमका बलराम बिश्वकर्मा ‘हिमालय लोकस्टार’को विजेता बन्न सफल भएका छन। बिश्वकर्मा बुधबार आयोजीत नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको अन्तिम प्रतिस्पर्धामा विजेता बनेका हुन।
अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँलाबिच कडा प्रतिस्पर्धा भएको थियो।
उनले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन।
साथै सेमी फाइनलमा सर्वाधिक मत प्राप्त गर्दै,’पर्फोमर अफ द डे’ पनि हात पारे।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बिश्वकर्मालाई ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता बनेका थिए। उनले रु तीन लाख नगदसहित पुरस्कार प्राप्त गरे। यस्तै सन्तोष क्षेत्रीले तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार हात पारे।

भोटका आधारमा विजेता चयन गरिएको हिमालय लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत थिए भने गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माको उपस्थिति थियो।