मुलक खेल क्षेत्रमा अगाडि बढि रहेको: सञ्चार मन्त्री शर्मा

राजनीति समाचार


बैशाख १४ बिहीवार,२०८०/दाङ-
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलक खेल क्षेत्रमा अगाडि बढि रहेको बताएकी छन।

दाङको बंगलाचूली आजबाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताएकी हुन।

सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माण सहित खेलाडी उत्पादनका लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता संचालन गर्दै आएको बतायिन।

त्यस अबसरमा खेलाडीलाई खेल क्षेत्रबाट बिश्वसामु नेपाललाई चिनाउँन भुमिका खेल्न आग्रह गरिन। मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउदा प्राथमिकका आधारमा योजना बनाउन थालेको उल्लेख गरिन।

द्वन्द्ध पिडितका मुद्धा टुङ्याउन सरकारले सङ्क्रमणकालिन न्यायको माध्यमबाट छिटो हल गर्ने जानकारी गरायिन। गणतन्त्र माथि संसद भित्र र बाहिर दुबै क्षेत्रबाट आक्रमण भईरहेको बताउँदै सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आबश्यक रहेको धारणा व्यक्त गरिन।

सो प्रतियोगिताका क्रममा मन्त्री शर्माले खेलकुदका सामग्री खेलाडीहरुलाई हस्तान्तरण गरिन।