
बैशाख १६ सनिवार,२०८०/काठमाडौं-
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै माइतीघरको सडकमा धर्ना दिएका छन।
शुक्रबार राती आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक
पुन लगायत अन्य सदस्यहरु सडकमै सुतेका थिए।
उनले माग पूरा न हुँदासम्म आन्दोलन जारी रहने बताएका छन।
संस्थापक पुनले शनिबार बिहानै सडकमै सुतेको तस्बिर सार्वजनिक गर्दै सरकार र संसद्को ध्यानाकर्षण नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए।
‘हामीचाहिँ माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठ्यौं । जनताहरु सुतिरहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’उनले भनेका छन्।