बैशाख १७ आइतबार,२०८०/जनकपुरधाम-
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन्।
गृहमन्त्री श्रेष्ठले आइतबार बिहान धनुषाको जनकपुरधाममा सो कार्यालय उद्घाटन गरेका हुन।
आयोगको कार्यालय उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले मिटर ब्याज सामन्तवादी शोषणको नमुना रहेकाले जरैदेखि उखेलेर फाल्ने बताए। “आयोगको कार्यालयलाई सामान्य रूपमा लिनु भएन। यसले ठुलो समस्या समाधान हुनेछ र अब देखि मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानबिन हुनेछ,” उनले बताए।
केही समय अघि मधेसबाट हिडेर मिटरब्याज पीडितहरु काठामाडौं गएर आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको थियो।
आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन्।
अब देखि सो आयोगमा ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट पीडितले उजुरी गर्न सक्नेछन।
उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ। आयोगले सो कालागि १७ देखि ३१ वैशाखसम्मको समय निर्धारित गरेको छ।
प्रतिक्रिया दिनुहोस्