
बैशाख ३१,आइतबार/खलंगा-
देवकुमार ओलिको नेतृत्वमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको नयाँ कार्यसमिती गठन भएको छ।
आइतबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा सम्पन्न बिशेष साधारण सभाबाट देवकुमार ओलिको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सिजन बाठामगर र नारायण ओलि चयन भएका छन भने सचीबमा मनिष खड्का र सह-सचीवमा सन्देश जैसी र दिपेन्द्र महतारा रहेका छन।
यसैगरी कोषाध्यक्षमा सत्य बहादुर बटाला र सदस्यहरुमा ज्ञानि खड्का बिस्ट, प्रचण्ड खत्री, गोपाल ओलि, लक्ष्मी गौतम, सुनिल बिक र बलेन्द्र ओलि छन।
