आफन्तको घरबाट पक्राउ परे टोप बहादुर रायमाझी



जेठ १,सोमबार/काठमाडौं-
एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित आफन्तको घरबाट पक्राउ परेका छन।
आइतबार बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका सूचना प्राप्त भएपछि प्रहरी ब्युरोको टोली
त्यहाँ पुगेको थियो।
रायमाझी वैशाख ३० को साँझ मात्र काठमाडौँ आएका थिए।

एमालेका सचिव रायमाझीलाई नक्कली भुटानी शरणार्थी कान्डमा पक्राउ गरिएको हो।
उनलाई अहिले प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको प्रहरी श्रोतले जनाएको छ।

यसअघि उनका छोरा सन्दीप रायमाझी पक्राउ परी सकेका थिए।

प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार
अरु पनि पढ्नुहोस्