नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको बयान सकियो



जेठ २,२०८०/काठमाडौं-
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको बयान प्रकृया सकिएको छ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा आरोप खेपिरहेका एमाले नेता रायमाझीको सोमबार प्रहरीले बयान लिने कार्य सकेको छ।
उनलाई प्रहरीले पक्राउ पुर्जी निकालेको १० दिन पछि मात्र वैशाख ३१ गते राजधानीको बुढानिलकण्ठबाट समातेको थियो। उनका छोरा सन्दीप रायमाझीलाई पहिलेनै पक्राउ गरुएको हो।

आजै म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएको हो। यो संगै पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीहरुको बयान सकिएको छ।

प्रहरीले हाल सम्म १४ जनालाई अनुसन्धानका लागि पक्राउ गरि थुनामा राखेको छ।

प्रकाशित मिति : २०८० जेठ २ गते मंगलबार
अरु पनि पढ्नुहोस्