
जेठ ३ २०८०,सोमबार/काठमाडौं-
कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका पर्यटन ब्यवसायी देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन्।
सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति गठन भएको हो।
सो क्रममा,उपाध्यक्षमा प्रेम बहादुर लामा, सचिवमा खडक रोकाया, सह–सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोर लामाले जिम्मेवारी सम्हालेका हुन।
यसैगरी सदस्यमा हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही रहेका छन्। नयाँ कार्यमितिमा निवर्तमान अध्यक्ष जंगबहादुर बुढा पनि छन्।
सल्लाहकारमा जंग बहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री रहेका छन्।
कर्णालीको पर्यटनका सम्भावनाको पहिचान गरी पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ समाजको स्थापना भएको हो।
युवा पर्यटन व्यवसायी रोकाया रारा इको रिर्सोट र रारा एड्भेन्चरका सञ्चालक हुन् भने एक दशक भन्दा लामो समय उनले कर्णाली पर्यटनको बिकाशका लागि खर्चेका छन।
कर्णाली प्रदेशको पर्यटन क्षेत्रको प्रबर्द्धन र बिकाशमा कर्णाली पर्यटन उद्यमी समाजको महत्वपूर्ण तथा प्रभावकारी भुमिका रहने बिश्वास नवनिर्वाचित अध्यक्ष रोकायाले लिएका छन। “अब पनि उदासिन हुने छुट राज्यलाई छैन,” रोकायाले थपे।
‘कर्णाली घुम्नुपर्छ’ भन्ने नारालाई अघि सार्दै कर्णालीमा पर्यटक आकर्षित गर्न तर्फ लाग्नु पर्नेमा नयाँ कार्यसमितिको जोड रहेको छ।