पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन प्रस्थान

राजनीति समाचार


जेठ ५ शुक्रबार,२०८०/काठमाडौं-
पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन प्रस्थान गरेको छ।
सापकोटा नेतृत्वको टोली शुक्रबार उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि चीन प्रस्थान गरेको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिएका छन।
यसैगरी भ्रमण टोलिमा पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु, सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन इउ गरेर फर्किएको थियो ।