जेठ् ६ शनिबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा दोषी न छुटने र निर्दोष पक्राउ न पर्ने बताएका छन।

कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन।
उनले गम्भीरतापुर्वक काम गर्न गृहमन्त्री र प्रहरीलाई निर्देशन दिई सकेको बताए।
तीन दलका शीर्ष नेताहरुबिच भेटघाट हुने बित्तिकै सोही प्रकरण बारे कुरा भएको आशंका गरिए पनि त्यो बिषयमा छलफल न भएको समेत उनले जिकिर गरे।
यसैगरी उनले सरकारले बिकृती विरुद्ध र आर्थिक समृद्धी र राहतका बिषयमा गरेका कामका बारेमा सञ्चारले महत्व न दिएको पनि गुनासो गरे।
साथै आसन्न जेठ १७ गते हुन लागेको भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने पनि विश्वास व्यक्त गरेका छन् । भारतको निर्वाचन र नेपालको बजेटका कारणले भ्रमण सारिएको पनि उनले बताए।
उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको पनि जनाए।
