जेठ ७ आइतबार, २०८०-
अफ्गानिस्थानमा दुवै खुट्टा गुमाएका पुर्व बृटिस सैनिक हरि वुढामगरले बिश्वको सर्बोच्च शिखर सगरमाथा सफलतापुर्बक आरोहण गरेका छन।
शुक्रबार जेठ ५ गते दिउसो ३ बजे थबाङ गाउँपालिका-३, मिरुल, रोल्पा निवासी हरि वुढामगरले सफल सगरमाथा आरोहण गरेका हुन।
उनको दुबै घुडा भन्दा तलको भाग छैन र असिम साहस र दृढ़ इच्छा शक्तिका कारणले अपाङ्ग्ता भएको १३ बर्ष पछि अन्य सबल ब्यक्ति झै आफ्नो उच्च शिखर पुग्ने सपना पूरा गरे।
आरोहण दलका नेता कृश थापाको नेतृत्वमा टोलि त्यहाँ पुगेको हो।
“मेरो परिवार लगायत धेरै जनाको साथ बिना शायद यो सफलता मलाई हात पर्ने थिएन, ” बुढाले भने।
उनले ५ वटा संस्थाहरुका लागि आर्थिक संकलन गर्ने योजना पनि रहेको छ। उनलाई यस आरोहणका लागि ३० वटा विभिन्न संस्थाहरु लगायत ब्यक्तिहरुले सहयोग गरेका थिए।