हिरासतमा पति बालकृष्ण खाणलाई भेट्न पुगिन मञ्जु खाण

राजनीति समाचार

जेठ ८ सोमबार,२०८०/काठमाडौं-

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जु खाणले भेटेकी छन्।

मञ्जु खाणले सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेकी हुन।

श्रीमान पक्राउ पर्नासाथ एकाएक हाराएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा बल्ल देखा परेकी थियिन। उनी अष्ट्रेलिया पुगेको कुरा समेत चर्चामा आएको थियो।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा नक्कली  शरणार्थी प्रकरणको प्रतिवेदन बुझाउने दिनमा मञ्जु बाह्रौं दिनका दिन आफ्ना पतिलाई भेट्न पुगेकी हुनु।
उनी बालकृष्ण खाणकी दोश्री श्रीमती हुन।