मोरङ निवासी केशव दुलालले अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीको स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटार पुगेर एक करोड बुझाएको बयान दिएका हुन।
दुलालका अनुसार ब्रजाचार्यले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत् बोलाएर १ करोड लिएका थिए।
साथै लिला जिसीले सामाजिक समितिबाट निर्णय गराउनुपर्ने पर्ने भन्दै उर्जा मन्त्री र आफुलाई पनि पैसा चाहियो भनेको दुलालले बिस्तृत बयान दिएका छन्।
यसरी तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका स्वकीय लीला जिसीले ऊर्जा मन्त्रीको क्वार्टर पुल्चोकमा आफुलाई बोलाएर सामाजिक समितिबाट निर्णय गराउनु भन्दा अघिल्लो दिन बेलुका एक करोड नगद बुझेको पनि दुलालको बयानमा भनिएको छ।
यसैगरी तत्कालीन प्रधानमन्त्री ओलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि पैसा लिएको दुलालले खुलाएका छन।
ओलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ति शाक्य तत्कालीन इजरायलका नेपाली राजदूत अन्जन शाक्यका श्रीमान हुन।
डा. अजय क्रान्ति शाक्य र तत्कालीन मेयर बिद्या सुन्दर शाक्यका सचिवालयका राजेश्वर स्थापितले जनही एक करोड बुझिलिएको दुलालले बयानमा जिकिर गरेका छन्।
उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको परिवार र गृहसचिव प्रेम कुमार राईले पनि पैसा लिएको बयान दिएका छन्।
राई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख छन् र उनले पनि तीन करोड लिएको बयान्मा उल्लेख छ।
त्यसपछिका गृहसचिव टेकनारायण पाण्डेले पनि पटकपटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ लिएको बयानमा बताइएको छ।