रुकुम पश्चिम जीप दुर्घटना: ५ जनाको मृत्यु, गम्भीर ६ लाई हेलिकप्टरबाट कोहलपुर लगियो

अन्य समाचार

जेठ ११ बिहीवार, २०८०/रुकुम पश्चिम-

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट जादै गरेको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ।

बिहीवार बिहान ७:३० मा जिल्ला सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जीप सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रशासन प्रमुख हरी प्रसाद पन्तका अनुसार ४ जना गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा थप उपचारका लागि लगिएको छ।

यसैगरी ६ जना सामान्य अवस्थामा रहेकालाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिदै छ। मृतकहरुको शव सदरमुकाम लगिदै छ। प्रारम्भिक जानकारी अनुसार ब्रेक फेल भएकोले दुर्घटना भएको पत्ता लागे पनि थप अनुसन्धान हुँदै छ।