कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार खिल बहादुर भण्डारीलाई



 

१३ जेठ सनिवार,२०८०/काठमाडौं-

कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार खिल बहादुर भण्डारीलाई प्रदान गरिएको छ।

शनिवार काठमाडौंको साघु नगरपालिकामा आयोजीत प्रेस सेन्टर नेपालको १९ औं केन्द्रिय साधारण सभामा प्रमुख अतिथिको हैसियतले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पत्रकार भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए। सो पुरस्कार संगै रु ५० हजारको धनराशि रहेको छ।

यसैगरी, मर्नोपरान्त शक्तितारा स्मृति पुरस्कार स्वर्गीय प्रेस सेन्टर नेपालका उपाध्यक्ष स्वर्गीय पौडेललाई प्रदान गरिएको छ। पौडेलको प्लेन दुर्घटनामा निधन भएको थियो। पुरस्कार उहाँको जीवन जीवन संगिनी प्रतिभा अधिकारीले ग्रहण गरेकी थियिन। साथै बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिल माया शाहिले प्राप्त गरेकी छन। दुबै पुरस्कारमा रु ३० हजार सहितको रहेको छ।

आजकै दिन कृष्ण सेन ‘इच्छुक’लाई युद्ध कालिन समयमा राज्यद्वारा बेपत्ता बनाई हत्या गरिएको थियो। उनले जनपत्रकारिता तथा साहित्य क्षेत्रमा प्रतिबद्धता जनाउदै कलम चलाउदै शहादत प्राप्त गरेकोले तत्कालीन क्रान्तिकारी पत्रकार संघले आफ्नो आदर्श मान्दै यस दिनलाई विभिन्न कार्यक्रम गर्दै स्मरण गर्ने गर्छ।

 

प्रकाशित मिति : २०८० जेठ १३ गते शनिबार
अरु पनि पढ्नुहोस्