गणतन्त्र दिवसमा रेशम चौधरीसहित १८ जना रिहा हुने !



जेठ १४ आइतबार,२०८०/काठमाडौं-

गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना रिहा हुने भएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यस अघि चौधरी छुट्टाउन न हुने आवज सदनमा बेला बखत उठने गरेको देखिन्छ ।

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८० जेठ १४ गते आइतबार
अरु पनि पढ्नुहोस्