मगर समुदायले क्रान्तिको उदघोष न गरेको भए परिवर्तन सम्भव थिएन:मन्त्री किराँती

पर्यटन राजनीति समाचार

 

जेठ २० शनिबार,२०८०/काठमाडौं-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मगर समुदायले क्रान्तिको उदघोष न गरेको भए परिवर्तन सम्भव न हुने बताएका छन।

शनिबार काठमाडौंको नयाँ बसपार्क नजिक आयोजीत अथार मगरात कलाकार संघको सम्मान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले मगर समुदायका मानिसहरुको अगुवाईमा प्रदर्शन गरिएको साहस र न्यायप्रतिको लगावका कारणले देशमा आमूल परिवर्तन आएको बताएका हुन। मन्त्री किराँतीले उनीहरूको सोही विरताका कारणले २४० बर्ष पुरानो राजतन्त्र ढलेको समेत उल्लेख गरे।

‘दुःख पाए मगर गाउँ जाउ,’ भन्ने उखान रहेको र सो कुराले समाजबादको अभिव्यक्ति दिने गरेको जिकिर पनि गरे।

यसैगरी उनले आफुले मन्त्रालय समाले देखि खादा माला न लगाउने प्रण गरेको स्मरण गराउदै सैयो केजीको माला लगाएर नेतृत्वलाई देवोत्वकरण गर्नु गलत भएको बताए।

‘आज म मन्त्री भएको ४ महिना १४ दिन भयो, अहिले सम्म खादा लगाएको छैन। र यस्ता अनुदपादक कार्यमा कोहि लाग्नु हुँदैन,’ उनले भने ‘ मैले ६ दिनमा खादाको सट्टा बिधालयका लागि दान पेटीका राख्दा बरु ६ लाख संकलन भयो’ उनले जानकारी गराए।

साथै उनले अथार मगरातका कलाकारसँग सहकार्य गर्न मन लागेको बताउँदै, थुप्रै रुकुमको तकशेरा र रोल्पाको जलजला जस्ता मगर बस्ति स्थलहरुको पर्यटन प्रबर्द्धन तथा बिकासका लागि एकजुठ हुनु पर्ने बताए।

त्यसैगरी अथार मगरात कलाकार संघका अध्यक्ष किरण बाबू पुनले मगर संस्कृति समृद्ध भएको उल्लेख गर्दै प्रत्येक मगरको यसको संरक्षणका लागि लाग्नु पर्ने बताए। उनले आफुले थिसिस लेख्ने क्रममा मध्य पश्चिम् क्षेत्रको लोकप्रिय नृत्य पैसेरी नाचमा गर्ने चाहना हुँदा हुँदै सामाग्रीको अभाव हुने बहानामा आफुलाई पछि हटन लगाएको उजागर गरे।

सोही कार्यक्रममा मगर समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने महावीर पुन लगायतका ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियोे।

त्यस्तै रु दस लाख ११ हजार एक सय ११ को अक्षय कोष खडा गरिएको छ।

कार्यक्रममा मगर संस्कृति झल्काउने विभिन्न नृत्यहरु पनि प्रस्तुत गरीएको थियो।