
जेठ २२ सोमबार,२०८०/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति पुरानै भएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्दै, भैसीका बिषयमा निकै चर्चा र टीका टिप्पणी अहिले भए पनि पहिले नै सो कुरामा छलफल भएको जानकारी सदनलाई गराएका हुन।
‘आजभन्दा सात वर्ष अघि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ। मान्छे भने मलाई भैंसी चढाएर हिँडेका छन,’ उनले स्पष्ट पारे।
यसैगरी कृषि तथा पशु पंक्षी बिकास मन्त्रालयले पनि बिज्ञप्ति निकाल्दै सो कुरा उजागर गरेको छ। मन्त्रालयका सह-सचीव तथा प्रवक्ता प्रकाश कुमार सन्जेलले २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूह(Nepal India Joint Agriculture Working Group) JAWG को बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरबाट भारत सरकारसंग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगा नेपाललाई उपलब्ध गराउन अनुरोध भएको थियो। यसै सम्बन्धमा सन २०२० को जुन महिनामा नेपाल सरकारबाट औपचारिक तरिकाले भारतको Ministry of Animal Husbandry लाई उच्च प्रजनन मान भएका बिउ राँगा आपूर्तिका लागि निवेदन भएको थियोे। सोही कुराको जवाबमा भारतिय पक्षले सकारात्मक जवाफ दिएको थियो।
साथै नेपाली प्राविधिकको टोलि भारतस्थित सरकारी फार्ममा निरीक्षणका लागि जाने तयारी भई रहेको छ र भारतले नाकासम्म उपलब्ध गराउने कुरा पनि जनाइएको छ।
कृषि मन्त्रालयको वार्षिक कम्तीमा १.५ लाख डोज विर्य उत्पादन भई कम्तीमा १ लाख भैसीमा कृतिम गर्भाधारण गराई नश्ल सुधार मार्फत भैसीको दूध उत्पादनमा उल्लेख्री वृद्धि हुने अपेक्षा गरिएको छ।
सदन तथा सामाजिक संजालमा प्रधानमन्त्रीले भारतबाट भैंसी लिएर आएको भन्दै मजाकको बिषय बनाइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सो बिषयमा सब भन्दा बढी टिप्पनी गरेका थिए । पछि ती अभिव्यक्तिलाई रेकर्डबाट हटाइएको थियो।