प्रधानमन्त्री प्रचण्डद्वारा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली व्यक्त

राजनीति समाचार

जेठ २३ मंगलबार, २०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारका सदस्यहरुलाई भेटेर समवेदना दिएका छन।

यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरे। यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार दुर्घटनामा परी खडकाको निधन भएको थियो।