प्रधानमन्त्री प्रचण्डद्वारा खप्तड क्षेत्रको अवलोकन, प्रतिष्ठान बनाउने घोषणा (फोटो फिचर)

पर्यटन राजनीति समाचार

जेठ २४ बुधबार, २०८०/खप्तड-

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तड क्षेत्रको अवलोकन गरेका छन।
पहिलो खप्तड अन्तराष्टिय अध्यात्मिक सम्मेलनको उदघाटन गर्न खप्तड क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रलाई अन्तर्राष्टिय महत्वको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
सुदूरपश्चिमाञ्चल प्रदेशको समग्र विकासका लागि नयाँ ढंगले लागिपरेको बताउनुहुँदै उनले खप्तडको विकासका लागि प्रतिष्ठान वा कोष बनाउने घोषणा गरेका छन।
सुदूरपश्चिमको विकासका लागि स्वास्थ्य विज्ञान विश्वविद्यालयको मन्त्रिस्तरीय निर्णयदेखि सीपमा पुलहरु, सुक्खा बन्दरगाहदेखि अन्य आयोजनाहरुलाई महत्व दिएको बताउदै उनले पर्यटनको उच्च सम्भावना बोकेको सुदूरपश्चिमका बिभिन्न क्षेत्रहरुको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।
“बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने छ।” उनले भने, “खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत तयार गरिसकेको छ । खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ”