मिस नेपाल विजेताले ‘हप अन हप अफ’ मार्फत गरे सम्पदा यात्रा  

पर्यटन मनोरञ्जन राजनीति समाचार

जेठ २८ आइतबार,२०८०/ललितपुर-

मिस नेपाल २०२३ का विजेताले ‘हप अन हप अफ’ बस मार्फत राजधानीको सम्पदा यात्रा गरेका छन् ।

उनीहरुले शनिबार सम्पदा घुम्ती बस सेवामार्फत नारायणहिटी, पशुपतिनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका हुन्।

पर्यटन मन्त्री सुदन किराँतीले मिस नेपाल बिजेताहरुलाई धन्यवाद दिदै, सो सम्पदा यात्राले नेपालको पर्यटन क्षेत्रको बिकास र प्रबर्द्धनमा योगदान पुर्याउने बताएका छन।

नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत ९ जेठदेखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ।
ललितपुर महानगरपालिका अगाडिबाट सुरु भएको यात्रामा मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ रहेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले गत ९ जेठमा ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको उदघाटन गरेका थिए। सो रुटमा दैनिक २ वटा विद्युतीय बसहरु बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहेका छन्।