ईपानको कार्यकारी सदस्यका लागि टि. एन.आचार्यको उम्मेदवारी

अर्थ राजनीति समाचार

जेठ २८ आइतबार, २०८०/ काठमाडौं-

सफल उर्जा उद्यमी टि.एन.आचार्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(ईपान) को नयाँ कार्यसमितिमा कार्यकारी सदस्यको पदमा उम्मेदवारी दिन लागेका छन।

यही महिनाको ३२ गते हुन लागेको २१ औं साधारण सभामा निर्वाचन हुन लागेको हो। प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहने सो साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कृष्ण आचार्यले हायात होटेलमा हुन लागेको अबको निर्वाचनको तयारी पूरा भएको र बाकी कार्यभार नयाँ नेतृत्वले लिने बताएका छन। सोही क्रममा युवा उद्यमी तथा चार्टर्ड एकाउन्टेन्ट समेत रहेका टि.एन.आचार्यले यस संस्थालाई अझै सफल बनाउदै देशलाई नयाँ गति दिन मद्दत गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन। आचार्य तल उल्लेखित आफ्नो अनुभव र योग्यताको कदर मतदाताले गर्ने पुर्ण आशा ब्यक्त गरेका छन।

१. FCA, नेपाल चार्टर्ड एकाउंटेंट्स संस्थाको पूर्व पार्षद हाल नेपाल लेखापरीक्षणमान बोर्डको सदस्य ।

२. NEA NAC, NTA तथा CIT मा बोर्डमा सदस्यको अनुभव, स्थानीय निकाय वित्तीय आयोगमा विशेषज्ञ सदस्यमा काम गरेको ।

३. लेखापरीक्षणमा १८ वर्षको अनुभव जसमा नेपाल राष्ट्र बैंकको समेत लेखापरीक्षण गरेको । हाइड्रोपावरको बिभिन्न सेवा गरेको ।

४. हाइड्रोपॉवरमा १० वर्ष देखि संलग्न, CHL मा संचालक, VEPL को चेयरमेन, सुशासनमा अब्बल जस्ता विषय प्रकाश पारिदिनु होला ।

५. गीतकार संघका आजिवन सदस्य दर्जनौं गीत भिडियो उत्पादन गरेका, फिल्म निर्माता । साहित्य तथा आर्थिक क्षेत्रमा कलम चलाउने ।