प्रधानमन्त्रीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने निर्णय कायम गर्ने प्रतिबद्धता

राजनीति समाचार स्वास्थ्य

जेठ २९ सोमबार, २०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गेटामा रहेको मेडिकल कलेजलाई विश्व विद्यालयका बनाउने निर्णय कायम गर्ने प्रतिवद्धता जनाएको छन।

सोमवार प्रधानमन्त्री प्रचण्डले नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको टोलीले भेटने क्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन। आन्दोलनकारीको प्रतिनिधित्व गर्दै आएको टोलीले बालुवाटारमा अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेको थियो।

अर्थमन्त्री महतले ऐन ल्याएर संसदमा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने र आन्दोलनकारीको माग सम्बोधन गर्ने बताएका छन।
यसैगरी पुर्व मन्त्री प्रेम आलेले पमि विश्व विद्यालयका रुपमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने सहमति भएको बताए।

यसअघि गत माघमा, संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। तर यही जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो। आइतबार बन्दको आयोजना गरिएको थियो।
सोही क्रममा आज सोमबार प्रदेश सभा घेराउको कार्यक्रम थियो।