स्वर्गद्वारी दुर्घटना: दर्शन गरि फर्किएका ८ जनाको मृत्यु !

अन्य समाचार

जेठ २९ सोमबार,२०८०/प्युठान-

प्यूठानस्थित स्वर्गद्वारी मन्दिरबाट दर्शन गरी फर्किएका ८ जनाको कार दुर्घटनामा परी मृत्यु भएको छ।

सोमबार दिउसो ३:३० बजेतिर मन्दिरबाट फर्किने क्रममा प्यूठानको भिंग्री नजिकै टाकुरा भन्ने स्थानमा कार दुर्घटना भएको थियो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार मृत्यु हुनेहरुमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका– १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल र उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन्। त्यसैगरी दाङकै लमही नगरपालिका– ७ का ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली शाह र ९ बर्षीय छोरा आदित्य शाहको मृत्यु भएको हो । साथै घोराही उपमहानगरपालिका १५ का वर्ष ११ का शिशिर सुवेदीको पनि दुर्घटनामा ज्यान गएको छ।

त्यस्तै कार चालक दाङको लमहीका तारा बहादुर कुमालको पनि मृत्यु भएको छ।

कार घुम्ती भएको बाटोबाट करीव ३५ मिटर तल खसेको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी सुभाष खडकाका अनुसार कार बाटोबाट करीव ३५ मिटर तल पोल सहित खसेको थियो। उनका अनुसार कारण यकिन न भए पनि, अनियन्त्रित भएर तल खसेको र थप अनुसन्धान हुँदै छ।

सो सडक खण्डमा बाटो निकै भिरालो र धेरै घुम्तीहरु भएकोले बर्सेनि मानिसहरुको अकालमै ज्यान जाने गर्छ।