सुरु भयो क्वालालम्पुर-भैरहवा अन्तर्राष्ट्रिय उडान

पर्यटन राजनीति समाचार

जेठ ३० मंगलबार,२०८०/भैरहवा-

मलेसियाको क्वालालम्पुरबाट भैरहवाका लागि अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।

मंगलबार नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंबाट आएर स्वागत गरेका थिए। विमानमा चालक दल सहित, नेपालबाट मलेसियाका लागि राजदुत डिल्ली पौडेल र यात्रीहरु रहेका थिए।

“नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजाबाहक हुनुको आफ्नो दायित्व पुरा गरेको छ । यसलाई निरन्तरता दिनै पर्छ । अब सुतेर बस्न छुट छैन । माके॔टिङग गरी यो एयरपो॔टमा व्यवसायिक उडानको लागि सम्भावना छ भन्ने स्थापित गर्नु पर्छ,” मन्त्रीले सामाजिक संजालमा लेखेका छन।

“भावी दिनहरूमा बुद्ध सर्किट राष्ट्रहरूबाट पनि उडान गर्न प्रयास भई रहेको छ। यो बिमानस्थल बन्नुको प्रमुख उद्देश्य पनि यही हो । ट्रङ्करूटका जहाजहरू खरिद गरी क्षेत्रीय बिमानस्थलको बजार हस्तक्षेप गरिने छ,” उनले भने,” भाडा दर सस्तो हुनेछ त्यसपछि कनेक्सन उडान माफ॔त कनेक्टीभिटी बढ्ने छ ।”

उनले नेपाली उत्पादनको बजारको पहुच विश्व बजारमा हुने पनि बताए।

गत बर्ष मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए लगत्तै, यो देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ।

हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु भैरहवा ओरालेर काठमाडौं जाने छ तर चालक दलका सदस्यहरू हेरफेर हुने छैनन । जहाज ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवा पुग्ने छ र सो रुटको भाडा दर ३१ हजार तोकिएको छ। मलेसिया–काठमाडौँको हवाई सुल्क भने ५६ हजार रुपैयाँ रहेको छ।

यस अघि नेपाल एयरलाइन्सले केही परीक्षण उडान गरे पनि नियमित तथा व्यावसायिक उडान भने गर्न सकेको थिएन।