बालेनले फिल्म आदिपुरुषमा जानकी भारतीय छोरी भएको न सच्याए सम्म महानगरमा चल्न न दिने

मनोरञ्जन राजनीति समाचार

जेठ ३२ बिहीवार,२०८०/काठमाडौं-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादप्रति आपत्ति जनाउँदै, नहटाएसम्म महानगरमा चल्न न दिने बताएका छन।

बिहीवार साझ बालेनले ओम राउतले निर्माण गरेको उक्त फिल्मले जानकी भारतीय छोरी भएको प्रस्तुत गरेको बिषयमा बिरोध जनाएका हुन।

साथै उनले उक्त कुरा सच्याउन तीन दिनको समयसमेत दिएका छन्। ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस,’ उनले उल्लेख गरेका छन।

यसैगरी नेपाली सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ। सेन्सर बोर्डले उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपराह्न फिल्मको सेन्सर कार्य भएको थियो।

शुक्रबारदेखि विश्वव्यापी रुपमा सो फिल्म प्रदर्शन हुन लागेको छ।