कान्तिपुरको ‘नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ’ शिर्षकको समाचार पूर्वाग्रह र अतिशयोक्तिले भरिएको छ: जनार्दन शर्मा

अन्य राजनीति समाचार

जेठ ३२ बिहीवार,२०८०/काठमाडौं-

नेकपा माओबादीका सह्सचिव तथा पुर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कान्तिपुर दैनिकले आफ्नो तस्विर समेत राखी अतिशयोक्ति एंव भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका छन।

बिहीवार प्रकाशित अंकमा “नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ ” शिर्षकमा प्रकाशित समाचारमा आफ्नो तस्विर समेत राखी अतिशयोक्ति एंव भ्रामक समाचार प्रकाशन गरेकोमा आफ्नो गंभीर ध्यानाकर्षण भएको बताएका हुन।

प्रभाकरले, समाचारको उठान र प्रस्तुति जसरी गरिएको छ, त्यो आफैमा पूर्वाग्रह र अतिशयोक्तिले भरिएको बताएका छन।

“उक्त विषयवस्तुलाई अनेकौँ जलप लगाएर आम पाठक र सर्वसाधारणलाई भ्रम श्रृजना गरी पूर्वाहग्रहपूर्ण ढंगबाट मलाई जोडेर मेरो राजनितिक जीवनमा समेत प्रश्न उठाउन खोजिएबाट म चुप लागेर बसेमा, कान्तिपुर दैनिकले म माथि लगाएका संगीन आरोपहरूलाई मौन रुपमा स्विकारेको ठहर्ने भएकोले मैले सामाजिक सञ्जालहरु मार्फत यी कुराहरु राख्न बाध्य भएको हु,” उनले सामाजिक संजालमा लेखेका छ्न।

उनले उक्त समाचारमा उठाइएका विषयबस्तुहरु सवै निराधार र कपोलकल्पित भएको भन्दै आफु जुनसुकै अनुसन्धानका लागि समेत तयार रहेको बताएका छन ।

“उक्त दैनिक र दैनिक सम्वद्ध व्यक्तिहरुको अमुक अपेक्षाहरू पुरा नगरेको सन्दर्भलाई मेरो व्यक्तिगत मानहानी र चरित्रहत्या गर्ने उद्धेश्यले तथ्यलाई तोडमोड गरी जवरजस्ती ढंगबाट समाचारमा मलाई तान्न खोजिएको छ,” उनले उल्लेख गरेका छन ।

साथै उनले सो कुरा सरासर गलत र मनगडन्ते भएको भन्दै निकट भविष्यमा वास्तविकता सहितको विवरण आम नेपाली सामु राखी प्रस्ट्याउने बताएका छन ।

उक्त दैनिकका यस्ता भ्रमपूर्ण समाचारको पछाडी नलाग्न सबैमा हार्दिक अपिल समेत गरेका छन ।