असार १ शुक्रबार,२०८०/ग्रीस-
मानव तस्करीको आरोपमा ९ जनालाई पक्राउ गरिएको ग्रीक टेलिभिजनले बताएको छ। यस घटनामा उद्धार कार्यमा बेलैमा न लागेकोमा तटरक्षकहरुको आलोचना गरिएको छ।
यद्यपि बाच्ने सम्भावना न्यून भए पनि, डुङ्गा हराएको स्थान समुद्र तटबाट करिब ५० माइल दक्षिण-पश्चिम् तिर उद्घार कार्यमा समलग्नहरुले खोजी कार्य जारी राखेका छन।
इजिप्टबाट हिंड्ने बेला सो डुङ्गा खालीनै रहेको तर लिबयाको टोबरुक बन्दरगाहमा इटालीतर्फ जाने आप्रवासीहरुलाई लिएर अगाडि बढेको बताइएको छ।
