असार १ शुक्रबार,२०८०/काठमाडौं-
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरिएको छ।
पाललाई महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार प्रहरी मुख्यालयको सिफारिसमा निलम्बन गरेको हो।
उनलाई केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि प्रहरी मुख्यालयमा तानिएको थियो।
घटनाका बिषयमा छानविन गर्न समिति पनि गठन गरिएको थियो। सो समितीले पाललाई दोषी देखाएपछि, प्रहरी मुख्यालयले उनलाई निलम्बन गर्न गृहमा सिफारिस गरेको थियो। पीडितको नाम भने गोप्य राखिएको छ।
