द्वन्द्वकालिन विस्थापित शिक्षकहरुको अभिभावक सर्पराज सर !

अन्य राजनीति समाचार


फागुन १२ शनिबार,२०८०
सर्पराज सिंह सरलाई द्वन्द्वबाट विस्थापित भएका शिक्षकहरुको फाइल बोकेर सिंहदरबार धाउने गरेको देख्न सकिन्छ । उनी द्वन्दकालिन शिक्षकहरुको आशा र भरोसा भएका छन । उनीहरुको पुनरबहालीका लागि उनी हरदम चिन्तित हुन्छन । किनभने उनी आफै पनि एक द्वन्द्वकालिन विस्थापित शिक्षक हुन । त्यसैले उनीहरुको पिर मर्का र समस्या उनलाई राम्रोसँग थाहा छ र आफ्नै जस्तो लाग्छ । त्यसैले उनीहरुको फाइल अगाडि बढाउन उनी मरीमेटि लाग्छन् । उनको जन्म २०२३ साल मङ्सिर ८ गते कालिकोट जिल्लाको महावै गाउँपालीका-३ मा भएको थियो । विकट वातावरण भए पनि बुवा जय बहादुर सिंह र आमा देविदरा सिंहले उनको पालन पोषणमा कुनै कमी आउन दिएनन । पढाई लेखाईप्रति खासै चासो नहुने तत्कालीन समयमा, उनले त्यस् वडाबाट २०४४ सालमा पहिलो पटक एसएलसी उतिर्ण गर्न सफल भएका थिए । लगत्तै उनले सदरमुकामकै उच्च मा.वि.मा आई.एड.सम्मको अध्यन गरे । समाजसेवाप्रति चासो गर्ने उनले, आफ्नै पहलमा २०४५ सालमा गाउँमा प्राथमिक बिद्यालय स्थापना गरि निशुल्क शिक्षण गर्न थाले । त्यो प्राथमिक बिद्यालय अहिले हिमालयन माध्यमिक बिद्यालयका रुपमा छ रहेको छ । बिद्यालय संचालन गरेको केही समय पछि उक्त बिद्यालयमा राज्यले शिक्षकको कोटा सिर्जना गर्यो र उनी त्यस् विद्यालयमा शिक्षकको रुपमा नियुक्त पनि भए ।
यसरी शिक्षण पेशा सुरु गरेका उनी २०५० सालमा देव प्राथमिक बिधालयमा सरुवा भएर गए । उनले निरन्तर रुपमा विकट हिमाली जिल्लाका बालबालिकालाई शिक्षाको ज्योति छर्दै गए । २०५२ साल देखि तत्कालीन माओवादीले शसस्त्र जनयुद्धको सुरुवात गरिसकेको थियो । उक्त कठिन परिस्थिति र प्रतिकुलताका बावजुद पनि उनले बि.स.२०६० साल सम्म शिक्षण पेशामा निरन्तरता दिए ।

विस्थापित भएको कथा !
बि.स.२०५९ सालको अन्त्य तिरको कुरा हो । उनले बिद्यालयमा पढाइरहेको बेला एक्कासि बन्दुक पड्केको आवाज आयो, होहल्ला भयो बिद्यार्थी आत्तिए । उनले बालबालिकालाई शान्त रहन भन्दै बास्तबिकता बुझ्न खोज्दा, त्यहाँ माओवादी र तत्कालीन शाही नेपाली सेना विच भिडन्त भएको रहेछ । उनले त्यहीँ ४ जना माओवादी कार्यकर्ताहरु गोली लागेर छट्पटी रहेको आफ्नै आखाले प्रत्यक्ष देखे । केही समयमै उनीहरुले त्यहीँ ज्यान गुमाए ।
“त्यो दर्दनाक दृश्य देख्दा साना कलिला बालबालिकाहरुको दिमगमा के कस्तो असर पर्यो होला ?,” उनले बिगत सम्झिदै भावुक हुँदै भने । राजनिती न बुझ्दै सानैदेखि कम्युनिस्ट सोच राख्ने उनी समाजसेवी गाउँका जान्ने मान्ने थिए । त्यतिबेला त्यस्ता ब्यक्तिलाई राज्यले पटक्कै राम्रो मान्दैनथ्यो । उक्त घटनापछि झन तत्कालीन शाही सेनाले गाउँमा आएर सधै कुटपिट, अनावश्यक मानसिक तनाव दिन थाल्यो । त्यसपछि प्रशासनको अत्याचार सहन निकै कठिन भयो । र त्यहाँ बस्न सक्ने अवस्था रहेन ।
“र १२ दिनपछि सरकारले अर्को मान्छे राखेर मलाई हाजिर गराएन र बि.स.२०६० बैशाख १२ गते म विस्थापित भए । त्यसपछिको एउटैमात्र बाटो रह्यो मेरो, क्रान्तिको! अनि म त्यो निरङ्कुस राज्य सत्ता बिरुद्ध युद्धमा होमिए,” उहाँले बिगत सम्झिदै भन्नू भयो ।

युद्धकालमा गाउँमा खेती किसानी गरेरै उहाँको घर परिवार चल्यो र शान्ति प्रक्रिया पछि उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यका साथ निमा फलफूल तथा तरकारी फार्म दर्ता गरे । जसको माध्यमबाट स्थानीय अर्गानिक उत्पादनहरु देशका विभिन्न शहरमा पुर्याउन थाले र अहिले पनि उनी त्यही पेशामा निरन्तर लागेका छन ।
शान्ति प्रक्रिया सुरु भए संगै शसस्त्र द्वन्दका कारण विस्थापित भएका शिक्षकका समस्या समाधान गर्नका लागि २०७१ सालमा हरिभक्त नेपाली अध्यक्ष र सरपराज सिंह महासचिव रहने गरि २१ सदस्यीय केन्द्रिय सङ्घर्ष समिती गठन भयो । निरन्तर सङ्घर्ष चल्दै जाने क्रममा बि.स.२०७५ सालमा सरपराज सिंह अध्यक्ष र विष्णुप्रसाद दाहाल महासचिव रहने गरि नयाँ सङ्घर्ष समिति बन्यो । “एक चरणको काम पूरा गरेका छौ । जस्तो २२५ को पुनर्वहाली र नियुक्ति लिन नपाएका मध्य ११ जनाको नियुक्ति भएको छ । साथै ४१ जनाले सेवा सुविधा लिएका छन र २८४ जनाले एकमुष्ट आर्थिक सहायता पाएका छन,” उनले खुसी हुँदै भने ।
अब बाकी २०० जना छुटेका नयाँ सिफारिसको काम पूरा गर्नु पर्ने दायित्व थपिएको छ । त्यसैगरी हालसालै सर्वोच्चमा मुद्दा दर्ता गरेका २५ जना शिक्षकहरुले जे सेवा सुविधा पाए त्यो सबै शिक्षकले पाउनुपर्छ भन्दै लागेका छन । सुरुमा उनले यस काममा हिड्ने क्रममा घरबाट खर्च ल्याएर चलाए । आर्थिक समस्याले उनका पाईला कहिले पनि रोकिएनन ।
काम पूरा भएपछि यो संस्था अस्तित्व के रहन्छ त भन्ने प्रश्नमा उनी भन्छन् ब्यबस्था परिवर्तनको निम्ति विस्थापित भए र फेरि सङ्घर्ष गरेर पुनर्वाहली भए यो एउटा इतिहास रहने गरि दस्तावेजिकरणका लागि लाग्छु । त्यसका स्मारिका लगायत प्रकाशन गर्ने र यहि समितिको नाममा अक्षयकोष खडा गर्ने योजना रहेको सुनाउछन । र अन्त्यमा द्वन्द्वपीडित शिक्षक कुन पार्टीको भोटर हो त्यो उनले हेर्दैनन । उनकालागि सबै बराबर !