
माघ २२ बिहीवार,२०८२/काठमाडौं-
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
बिहीवार बिहान डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।
पशुपतिस्थित विद्युतीय शव गृहमा उनको दाहसंस्कार गरिएको छ ।
उनलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका थिए ।
विभिन्न राजनितिक दलका नेताहरु समवेदना ब्यक्त गर्न पशुपति पुगेका थिए ।
काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलमा उनको उपचारका क्रममा निधन भएको थियो ।
