भाद्र १२ शुक्रबार,२०८३/काठमाडौं-
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ ।
शुक्रबार अपराह्न ३ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो संख्या अद्यावधिक गरिएको हो ।
नयाँ बढेको तथ्यांक अनुसार रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४४, नवलपरासी (पूर्व) बाट १३४, नुवाकोटबाट ३८, चितवनबाट २२१, तनहुँबाट २९ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको छ ।
यसैगरी बाढीबाट घाइते भएकाहरुको सङ्ख्या १,४७३ पुगेको छ ।
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्