निर्वाचन सम्मका लागि छोटो अवधिको सरकार !

कर्णाली सरकारले पायो पुर्णता, नेकपाबाट तिनै जना महिला !

रुकुमबाट मन्त्रीमा मिलन खडका र कल्याणी खडका


 

भाद्र ११ बिहीवार,२०८३/बिरेन्द्रनगर-

कर्णाली सरकारले पुर्णता पाउने क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट तिनै जना महिला मन्त्री पाएको छ ।

बिहीवार मंगल बहादुर शाही नेतृत्वको मन्त्रिपरिषदमा नेकपाबाट भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका छन् ।

मुख्यमन्त्रीमा मंगल बहादुर शाहीको नेतृत्व रहेको कर्णाली सरकारमा भाद्र  ३ गते एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा टेकराज पछाई, सामाजिक विकास मन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका थिए ।

 

यसअघि एमालेबाट मुख्य मन्त्री रहेका यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै काङ्ग्रेस एमालेको सरकार बर्खास्त गरिएको थियो ।

यसैबीच नेकपा बाट नै मन्त्रीका लागि विन्दमान विष्टको नाम पनि चर्चामा रहेको थियो । साथै दलित मन्त्री न बनाइएको विषयमा पनि बामपंथी सरकारको आलोचना भई रहेको छ ।

नयाँ कर्णाली सरकारको कार्य अवधी भने निर्वाचन सम्म हुने भएकोले निकै प्रभावकारी प्रतिफलको अपेक्षा भने गर्न न सकिने बताइन्छ ।

 

 

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार
अरु पनि पढ्नुहोस्