असार ३० आइतबार,२०८१/काठमाडौं-
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथी २० वर्षीय युवा थमस म्याथ्यू क्रूक्सले गोली प्रहार गरेको अमेरिकी गुप्तचर संस्था एफबीआईले जनाएको छ ।
अमेरिकी समय अनुसार शनिबार राती भएको आक्रमण गर्ने ती व्यक्ति पेन्सिल्भेनिआको बेथल पार्कका निवासी रहेको एक विज्ञप्तिमा जनाइएको छ । सोही क्रममा बचाउका लाग क्रुक्सलाई सिक्रेट सर्भिसका सुरक्षा कर्मीहरुले गोली हानेपछी उनको मृत्यु भएको छ ।
पेन्सिल्भेनिआमा एक र्यालीका क्रममा उनीमाथि गोली प्रहार भएको थियो । घटनास्थलमा एक जना दर्शक कोरे कोम्परातोर पनि मारिएका छन । उनको परिवारका अनुसार आक्रमन हुँदा उनले उनीहरुलाई बचाउन खोजेका थिए ।
प्रहरीले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीमा राखेर स्थानिय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेको थियो । त्यसपछि उनलाई न्यूजर्सीस्थित उनको घरमा पुर्याइएको थियो ।
यसैबीच ट्रम्पले विज्ञप्ति मार्फत अमेरिकीहरूलाई “एकताबद्ध रहन” आग्रह गर्दै आफूहरू उक्त घटनाबाट “भयभीत नहुने” बताएका छन् ।
त्यसअघि ट्रम्पका प्रवक्ताले उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाएका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार ट्रम्प र संदिग्ध हमलाकारीबीच झण्डै २०० मिटरको दूरी रहेको थियो । यश घटनाका बिषयमा थप अनुसन्धान भई रहेको छ ।
