जेठ २४ आइतबार,२०८३-
(भोजपुरस्थित आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईसँग ‘६ प्रश्न’ का लागि गरिएको कुराकानी)
१.आमचोक गाउँपालिकाको विशेषता बारे बताइदिनु ?
-पहिलो कुरा त नामकै विषयमा एउटा ऐतिहासिक विशेषता छ । राणाकालीन इतिहासमा आमचोक थुङ भन्ने एउटा प्रशासनिक इलाका भएको र त्यसैबाट आमचोक गाउँपालिका रहन गएको हो । भोजपुर जिल्लाको दक्षिणमा रहेको यस गाउँपालिकामा १० वटा वडाहरू रहेका छन् । २०० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिकामा बहुजाति, बहुभाषी, बहुसांस्कृतिक समुदायको बसोबास रहेको छ । कृषि पेशा यहाँका समुदायको मुख्य पेशा हो ।
२. यहाँले कृषि पेशाको कुरा गर्नुभयो, कृषकलाई राहत दिने के कस्ता कामहरू भएका छन ?
-परम्परागत कृषि खेती प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने ढंगले कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू दर्ता गराएर गाउँपालिकाले विभिन्न नगदेवाली, पशुपालन सम्बन्धी तालिम तथा अनुदान दिने जस्ता प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेका छौं । जसमा भनेजस्तो सन्तुष्ट परिणाम न आए पनि केही परिणामहरू भने देखिन थालेका छन् ।
मुख्यत यहाँ धान मकै कोदो गहु उत्पादन हुन्छ । नगदे बालीमा अलैची हो । स्थानीय सरकार गठन भए पश्चात विशेषगरी चिया, अलैची, आँप,कफी खेतीमा पनि पनि जोड दिएका छौं । विशेषगरी किवीको गाउँ बनाउने भनेर किबी पकेट क्षेत्र पनि घोषणा गरिएको छ । सो कालागि नगद अनुदानका साथै कृषि औजार, उपकरणहरू पनि दिने गरेका छौं । यो वर्ष पनि त्यो कार्यक्रम छ । विशेषगरी ससाना समूह गठन गरेका छौं एउटा समूहलाई नर्सरीका लागि ४ लाखका दरले चारवटा समूहलाई दियौं अन्य सामग्री जस्तो किबी टिप्न र कोल्ड स्टोरसम्म पुर्याउनका लागि क्यारेटहरू उपलब्ध गराएका छौं । हामीले कृषकलाई ५०% अनुदान दिने र ५०% उहाँहरुले लगानी गर्ने गरी साझेदारी मार्फत अनुदानका कार्यक्रमहरू लागू गरेका छौं । त्यस्तै सबै कुराको जिम्मा लिन सकेका छैनौँ । किवीलाई चाहिँ दुई वर्षदेखि हामीले जिम्मा लिएका छौं । कार्यविधि बनाएर रेट कायम गरेर कृषकका उत्पादन सङ्कलन गर्नका लागि संकलन केन्द्र बनाएका छौं सोही अनुरुप गाउँपालिकाले उत्पादन उठाएर अलि ठूला दानाहरू धरान, झापा, काठमाडौँ, गाईघाटलाई समेटेर निर्यात गर्छौं । साना चाहिँ वाइनको प्रोसेसिङ गरेका छौं । अन्नमा यहाँ मुख्यत धान मकै कोदो गहु उत्पादन हुन्छ । नगदे बालीमा अलैची हो । स्थानीय सरकार गठन भए पश्चात विशेषगरी चिया, अलैची, आँप,कफी खेतीमा पनि जोड दिएका छौं । विशेषगरी किवीको गाउँ बनाउने भनेर किबी पकेट क्षेत्र पनि घोषणा गरिएको छ । नगद अनुदानका साथै कृषि औजार, उपकरणहरू पनि वितरण गरेका छौं । यो वर्ष पनि त्यो कार्यक्रम छ । विशेषगरी ससाना समूह गठन गरेका छौं । एउटा समूहलाई नर्सरीका लागि ४ लाखका दरले चारवटा समूहलाई दियौं अन्य सामग्री जस्तो किबी टिप्न र कोल्ड स्टोरसम्म पुर्याउनका लागि क्यारेटहरू उपलब्ध गराएका छौं । हामीले कृषकलाई ५०% अनुदान दिने र ५०% उहाँहरुले लगानी गर्ने गरी साझेदारी मार्फत अनुदानका कार्यक्रमहरू लागू गरेका छौं ।
३.पर्यटन विकासका लागि आमचोक कतिको उपयुक्त छ ?
-पर्यटनको दृष्टिले सांस्कृतिक रूपमा सम्भावना देखिन्छ। त्यसका लागि केही त्यस्ता पूर्वाधार तयारी त भइसकेका छन । आन्तरिक पर्यटन प्रवर्धनका हिसाबले यहाँको पहिचानलाई समेटेर पार्कहरु बनाउने कामहरू भइरहेको छ। संघ, प्रदेश, सुइस सरकार र गाउँपालिकाको साझेदारीमा मुन्धुम पदमार्गमा आधारित पर्यटन विकास अन्तर्गत नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप कामहरू भई राखेका छन् । यस गाउँपालिकाको दक्षिणतिर भएर बग्ने दूधकोशी, अरुणलाई पनि सदुपयोग गर्न सके बोटिङ, र्याफ्टिङको सम्भावना निकै छ । फलफुल, रैथाने खानाका परिकार, संस्कृती संस्कारलाई ब्रान्डिङ गर्न सके सम्भावना धेरै छ । तराईका महत्वपूर्ण जिल्ला तथा सहरहरू विराटनगर, धरान एकदमै नजिक भएको हुनाले पनि त्यहाँका पर्यटक यहाँ घुमेर त्यसै दिन फर्किन सक्ने अथवा वान नाइट स्टे गर्ने गरी पर्यटन विकास गर्न सम्भव छ । यसैगरी होमस्टेको परिकल्पना गरेर तालिमहरू सञ्चालन पनि गर्यौ तर पर्यटकहरुको फ्लो नभएको हुनाले होला तत्काल सञ्चालन गर्ने अवस्था रहेन ।
४. काम गर्ने सवालमा के कस्ता बाधाहरू आइपरेका छन् त ?
-सबै कुरामा फरक फरक समस्या देखा पर्छन् । एउटै साझा समस्या चाहिँ कृषि, पर्यटन क्षेत्रमा भने जस्तो बजेट नहुनु हो । दोस्रो स्थानीय तहको तर्फबाट नीति कार्यक्रम बनाइन्छ तर अप्लाई गर्ने कुरामा चाहिँ उपभोक्ता कृषक जागरुक नभएको एकदम हो । कृषकलाई कन्भिन्स गरेर पुल गर्नुपर्ने स्थिति छ। सरकारबाट थोरै सपोर्ट हुन बित्तिकै कृषकले पनि अलि चासो दिनु पर्ने हो तर सरकारको लागि गरि दिएको जस्तो हुन्छ ।
५.भोजपुर जनयुद्धकालमा पनि चर्चित नाम हो। त्यहाँ पनि सहिद परिवार, घाइते अपाङ्ग कार्यकर्ताहरू हुनुहुन्छ होला । त्यस्ता द्वन्द पीडितलाई के कस्तो राहत प्रदान गर्नुभएको छ?
-स्थानीय तहको तर्फबाट हामीले राहत नै भनेर दिन सकि राखेका छैनौं । तर सहिदको सम्मानका लागि सहिद स्मारक पार्कहरू बनाएका छौं। हामीले स्पेसल रुपमा उहाँहरुलाई नै भनेर त्यस्तो केही गर्न सकेका छैनौँ । एउटा कुरा त उहाँहरु बसाई सराई गरेर अन्यत्र गएकोले पनि विशेष व्यवस्था गर्न सकिएन तर उहाँहरूसँग संवाद छलफल भई रहन्छ ।
६. यहाँको कार्यकालमा यहाँलाई सबैभन्दा सन्तुष्टि मिलेको काम के छ ?
-ठुलठुला विकासका कामहरू गर्न नसके पनि नागरिकलाई सन्तुष्टि दिन सकेका छौँ जस्तो लाग्छ । शिक्षा, स्वास्थ्य सेवा प्रवाहको कुरामा नागरिकहरूलाई सन्तुष्टि दिन सकिएको जस्तो लाग्छ । साना कुराहरु आपत विपतमा सेवा, राहत दिन पाउँदा खुसी लाग्छ । गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स, वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क यातायात । क ख ग घ वर्ग विभाजन गरेर ग र घ वर्गका नागरिकलाई विभिन्न क्षेत्रमा विशेष छुट तथा छात्रवृत्तिको व्यवस्था गरेका छौं ।
प्रतिक्रिया दिनुहोस्