(जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालसँग रचना राना मगरले ‘६ प्रश्नका’का लागि गरेको कुराकानी)
१.सिंजाको विशेषताबारे पाठकहरुलाई केही बताई दिनुहोस न ?
-कर्णाली प्रदेशको ७९ वटा पालिका मध्ये एक हो । सिंजा गाउँपालिका ऐतिहाँसिक क्षेत्रकाे सिंजामा पर्ने पालिका ३ वटा रहेका छन् । कनका सुन्दरी सिंजा हिमा पालिकाको विचमा पर्ने महत्त्वपुर्ण पालिका हो । नेपाली भाषाको उद्गमस्थल खस सभ्यताको केन्द्र रहेको सिंजा भौगोलिक रूपमा २१०० मिटर उचाई देखि २९०० सम्म यसको भुभाग छ । यसको बिचबाट बग्ने हिमा नदि रहेको छ । आसपासमा घरबारी,सल्लाघारी र बुकिपाटन छ जुन सम्पुर्ण मिलेको भूगोल हो । यसरी मिलेको जुम्ला जिल्लाको हावापानी एकैनासको रहेको छ । यहाँ विभिन्न खालको जडिबुटी पाइन्छ । यो क्षेत्रमा डाँफे, कस्तुरी, चितुवा हिमचितुवा जस्ता जंगली जनावरहरु छन । महत्त्वपूर्ण लोपोन्मुख भन्नू पर्दा जनावर हाब्रे (रेडपाण्डा) हाम्रो सिंजामा पाइन्छ । यहाँ बहुमुल्य औषधिजन्य बोट विरुवाहरु पनि पाइन्छन ।
२.यहाँले जितेपछि के के उल्लेखनीय कार्य गर्नु भएको छ त ?
-निर्वाचन जितेर आइसकेपछि विभिन्न किसिमका कामहरु पुर्वाधार विकास कार्यहरु गरिएको छ । सिंजा गाउँपलिका स्तरीय नभएर हामी जनप्रतिनिधिहरु मिलेर बाटोहरु निर्माण गरेका छौ । २४०० घरदुरीमा ७०० घरदुरिमा १ घर १ धारा निर्माण गरिसकेको छ । बाँढि पहिरोले भत्किएका बिधालयहरु निर्माण गरियो । असहाय जेष्ठ नागरिक उहाँहरुका लागि सरसफाइ गरिदिने वातावरण बनेको छ । सिंजा गाउँपालिकामा पहिले सुत्केरी घरमै हुने प्रचलन थियो अहिले त्यसको अन्त्य गरियो । घर गोठमा होइन प्रसुति गृहको ब्यवस्थापन गरेका छौँ । जेष्ठ नागरिकहरुका लागि घरदैलो अभियान र स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेका छौँ । अलि गम्भीर प्रकृतिका लागि बाहिर पठाउने प्रयत्न गरिरहेका छौँ । पालिकाकै रकमले १६ जना शिक्षक र
२२ जना स्वास्थ्यकर्मी राखिएको छ । यसरी हामीले जनशक्ति स्रोत साधन ब्यवस्था गरेर पनि जनताको सेवा गरि रहेका छौं । पोषणको कुरामा पनि हाम्रो ध्यान छ । सिंजामा ठुलो खस साँस्कृति संग्रहालय स्थापना गरेका छौं ।
३.पर्यटनमा के कस्तो सम्भावना छ र त्यसका लागि के आधार तयार पार्नु भएको छ ?
-पर्यटकिय सिंजामा महत्त्वपूर्ण साँस्कृतिक धार्मिक एउटा केदारनाथ रहेको छ । यसैगरी मुगुको रारा जाने मार्गमा विभिन्न जन्तु जनावर पनि भेटिन्छन । यहाँ रहेको प्राचिन सभ्यता र केदारनाथ लगाएतका खस मल्ल राजाहरूद्वारा निर्मित संरचनाहरु यहाँ छन् । खस भाषा आफैमा पनि संसारको एउटा अनुपम हो । हाम्रा अरु संस्कृति पनि देउडा, मादल र चुट्किला धेरै नै राम्रा छन यही हेर्न नियाल्न पर्यटक आउँने सम्भावना छ । चैत १२ गतेलाई धान दिबस मनाउने घोषणा गरेका छौ र यो जुम्ला बासीहरु सबैले मनाउछन । त्यस्तै बैशाख १ गतेलाई तारा दिबस, असार ३१ गते खस दिबस मनाउने योजना रहेको छ । भदौ १० गते सेवा दिबस, कार्तिक ६ गते तारा बिसर्जन गर्ने चलन छ । श्री पन्चमी माघे संक्राति फागुन १२ कोइला दिबस उत्सवका रुपमा मनाउने घोषणा गरेका छौँ । यसरी नै विभिन्न किसिमका हाम्रा परम्परा संरक्षणको प्रयास गरेको हुनाले त्यसलाई हेर्नको लागि मान्छेहरु आउने जमघट हुने हामीलाई बिश्वास रहेको छ ।
४.उन्नत कृषिका लागि किसानलाई कस्तो सहयोग मिलेको छ ?
– बजेट कम भएको कारण बजेट आभावले धेरै ठुलो सहयोग गर्न सकेका छैनौ । अन्य ससाना परिकार बनाउन च्याउ खेतिको तालिम तरकारी लगाउने अन्य खाद्यय परिकार बनाउने तालिमहरु दिई राखेका छौ । त्यसकारण किसान लाभान्वित हुन्छन जस्तो लागेको छ ।
५.यहाँ हरुका लागि मुख्य बाधा के छ त ?
-बजेट कम भएको कारण बजेट कृषिको लागि प्राबिधिक संख्या कम भएको कारणले बगैंचामा कसरी मलजल गर्ने त्यो भएको छैन् । स्याउलाई घेराबार गर्न सकेका छैनन । स्याउलाई सिचाइका लागि हरेक बगैंचामा पानी पुर्याउन सकेका छैनौ । दक्ष प्राविधिकको समस्यानै छ ।
६.आगामी योजना के रहेको छ?
– हामी यहाँका ऐतिहासिक कुराहरुलाइ पुर्ण स्थापना गर्नका लागि विशेष जोड दिएका छौ । हामिले नेपालभरीको ठुलो एउटा नेपालको नक्सा बनाउदै छौ पखेरामा हाम्रो खस इतिहासको १२३३ मा खसेको हाम्रो खस राज्यको भाषाको वर्चस्व झल्काउने नक्सा बनाउदै छौ । त्यसमध्ये देश बिदेशमा रहेका खसहरुले आफ्नो ऐतिहासिक नक्सा कस्तो थियोे भन्ने बुझ्नेछन । रारा जाने बाटोमै आएर उभिएर नक्सालाइ नियाल्न र अनुभव गर्न सक्कियोस भनेर बनाउदै छौ । संघबाट त्यसको लागि एक करोड प्राप्त गरेका छौ । हामिले यसैमा जोडीएको अन्य आवश्यक डिपिआरको काम थालनी गरेका छौ ।